काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशका प्रदेश प्रमुखमा सङ्खुवासभाका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।
यसअघि राष्ट्रपतिले सरकारकै सिफारिसमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँलाई आजै पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै