काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
श्रेष्ठ व्यवसायी हुन् । उनी लिट्टिल एन्जल्स बोर्डिङ स्कुलका संस्थापक हुन् । पछिल्लो समय उनको अन्य क्षेत्रमा पनि लगानी रहेको छ ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै