लन्डन । एनआरएनए इङ्ल्याण्ड राज्य समितिका अध्यक्ष दीपक श्रेष्ठले युकेको एनआरएनए राष्ट्रिय समन्वय समितिको आगामी कार्यकालका लागि अध्यक्ष पदमा मंगलबार आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
साँझ साढे ६ बजे एक भर्चुअल कार्यक्रम आयोजना गरी उनले आफ्नो उम्मेदवारी औपचारिक घोषणा गर्न लागेको बताए ।
‘बेलायतस्थित नेपाली समुदायका अग्रज, संघसंस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ताहरु र संचारकर्मीहरु साक्षी राखेर मैले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्दैछु’, श्रेष्ठले भने, त्यही अवसरमा मैले आम सदस्यहरुमाझ आफ्ना एजेन्डा र प्रतिबद्धताहरु पनि सार्वजनिक गर्नेछु ।’
एनआरएनए युकेको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदारका रुपमा मैदानमा आएका छन् श्रेष्ठ । एनआएनए इंग्ल्याण्डको वर्तमान कार्यसमितिमा अध्यक्ष रहेका उनले आफ्नो क्रियाशिलताबाट धेरैको मन जितेको दाबी गर्छन् ।
यसअघि सन २०१५-१७ मा मुछेत्र गुरुङको कार्यकालमा उनी कोषाध्यक्ष रहेका थिए । २०१७-१९ को कार्यसमितिका लागि श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
श्रेष्ठले एनआरएनएबाहेक बुद्ध फाउन्डेसन युके, कपिलवस्तु समाज युकेसहितका संस्थाको सम्हालिसकेका छन् भने बेलायत तथा नेपालस्थित कैयौं सामाजिक संस्थामा आबद्ध रहेर परोपकारी कार्यहरुमा पनि निरन्तर सक्रिय रहंदै आएका छन्।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित