लन्डन । एनआरएनए इङ्ल्याण्ड राज्य समितिका अध्यक्ष दीपक श्रेष्ठले युकेको एनआरएनए राष्ट्रिय समन्वय समितिको आगामी कार्यकालका लागि अध्यक्ष पदमा मंगलबार आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
साँझ साढे ६ बजे एक भर्चुअल कार्यक्रम आयोजना गरी उनले आफ्नो उम्मेदवारी औपचारिक घोषणा गर्न लागेको बताए ।
‘बेलायतस्थित नेपाली समुदायका अग्रज, संघसंस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ताहरु र संचारकर्मीहरु साक्षी राखेर मैले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्दैछु’, श्रेष्ठले भने, त्यही अवसरमा मैले आम सदस्यहरुमाझ आफ्ना एजेन्डा र प्रतिबद्धताहरु पनि सार्वजनिक गर्नेछु ।’
एनआरएनए युकेको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदारका रुपमा मैदानमा आएका छन् श्रेष्ठ । एनआएनए इंग्ल्याण्डको वर्तमान कार्यसमितिमा अध्यक्ष रहेका उनले आफ्नो क्रियाशिलताबाट धेरैको मन जितेको दाबी गर्छन् ।
यसअघि सन २०१५-१७ मा मुछेत्र गुरुङको कार्यकालमा उनी कोषाध्यक्ष रहेका थिए । २०१७-१९ को कार्यसमितिका लागि श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
श्रेष्ठले एनआरएनएबाहेक बुद्ध फाउन्डेसन युके, कपिलवस्तु समाज युकेसहितका संस्थाको सम्हालिसकेका छन् भने बेलायत तथा नेपालस्थित कैयौं सामाजिक संस्थामा आबद्ध रहेर परोपकारी कार्यहरुमा पनि निरन्तर सक्रिय रहंदै आएका छन्।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ