अमेरिका (जीएनएन) – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको चुनाव तोकिएकै समयमा हुने एक पदाधिकारीले जनाएका छन्।
एनआरएन केन्द्रले चुनाव पर सर्न दबाब दिएको भन्ने समाचार आईरहेका बेला एक पदाधिकारीले त्यस्तो बताएका हुन् ।
जीएनएनसंग कुरा गर्दै एनसीसी अमेरिकाका ती पदाधिकारीले केन्द्रको पत्रको आफुहरुले लिखित जवाफ दिइसकेको बताए।
“निर्वाचन आयोगले पूर्व निर्धारित तालिका अनुसार कार्यक्रम अगाडी बढाएको छ। चुनाव पर सार्नुपर्ने कुनै कारण देखिंदैन,” उनले भने।
यस अघि एनआरएन केन्द्रले एनसीसी अमेरिकालाइ केन्द्रले तयार गरेको सदस्य सूचना प्रणाली (एमआइएस) मा अनिवार्य रुपमा दर्ता गर्न दवाब दिएको थियो। तर सुनिल साह नेतृत्वको कार्य समितिले अमेरिकी कानून अनुसार त्यो सम्भव नहुने बताउंदै आफ्नै डेटाबेसमा सदस्यहरुको सूचना संकलन गरिरहेको छ।
जवर्जस्ती चुनाव गराउन खोजेको भन्दै एनआरएनए अमेरिकाकी महिला संयोजक उमा कार्की थापा, आईसीसीका सदस्यहरु प्रमोद सिटौला, होम गौतम, डा विष्णुमाया परियार, लगायतले एनआरएनए अन्तर्राष्ट्रिय समितिसमक्ष निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गरेका थिए।
त्यस पछि केन्द्रिय अध्यक्ष कुमार पन्त तथा आईसीसीका उपाध्यक्ष सोनाम लामाले एक संयुक्त पत्र लेखेका थिए। तर एनसीसी अमेरिकाको लिखित जवाफ पछि मे अन्तिम मै चुनाव गराउने गरि अघि बढ्ने वातावरण तयार भै रहेको एक उच्च सूत्रले जानकारी दिएको छ ।
अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले ३ अप्रिल २०२१ मा २०२१-२३ को निर्वाचन कार्य तालिका प्रकाशन गरेको छ। सार्वजनिक गरिएको सूचना अनुसार निर्वाचन मे २९-३० मा हुनेछ। निर्वाचनको नतिजा भने मे ३१ मा प्रकाशित गरिने छ। निर्वाचन आयोगले संघको राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको चालु बिधानको ब्यबस्था अनुरुप निर्वाचन संबन्धि कार्य तालिका प्रकाशन गरेको हो।
निर्वाचन संबन्धि थप जानकारी हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल