
नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा निशेधाज्ञा जारी गरिएको छ ।
कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निशेधाज्ञा जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।
“कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यु लगाउनुपर्ने निश्कर्षमा हामी पुगेका हौँ,” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भन्नुभयो ।
सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रीय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गर्नुभयो ।
गत बुधबार मात्रै दिल्लीमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका थिए । सरकारी अधिकारीहरूका अनुसार बुधबार दिल्लीमा एकैदिन १७ हजार २८२ जना सङ्क्रमित भएका थिए भने १०४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।
दिल्ली प्रदेशमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ६७ हजार ४३८ जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । ती मध्ये ५० हजार ७३६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाइएको छ ।
सरकारी अधिकारीहरुका अनुसार दिल्ली प्रदेशमा मात्रै कोरोनाका कारण अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ ।
भारत देशभरी भने गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ ।
भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित भएको बुधबार पहिलो पटक हो ।
यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो ।
कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ ।
पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हँुदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरू खोप लगाइसकेका छन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी