काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले इन्टरन्याशनल लेबोर अर्गनाइजेसन (आइएलओ)को सहयोगमा संचालित परियोजनामा अनियमितता गरेको आरोपमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई पदबाट निलम्बन गरेको छ ।
गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी (अफिस वियरर्स)हरुको आइतबार बसेको भर्चुअल बैठकले एनआरएनए युएई कार्य समितिले गरेको सिफारिसअनुसार अध्यक्ष कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
मध्यपूर्व तथा मलेसियामा कोभिड-१९ बाट प्रभावित भई रोजगारी गुमाएका नेपाली कामदारहरुलाई राहत तथा नेपाल फर्किंदा सघाउन आइएलओको सहयोगमा संचालित परियोजनाबारे कार्यसमितिलाई थाहै नदिई काठमाडौँमा खाता खोल्ने र काठमाडौँबाट हुण्डी गरेर पैसा झिकाउने जस्ता काम गरेको आरोप दुवै जनामाथि लागेको थियो ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बैठकले युएई अध्यक्ष कोइराला तथा उपाध्यक्ष शेर्पालाई निलम्बन गर्न सिफारिस गरेको छ।
सो परियोजनामा भ्रष्टाचारको समाचार सार्वजनिक भएपछि केन्द्रले नै ६ सदस्यीय छानविन समिति गठन गरेको र उक्त समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। उक्त प्रतिवेदनको सिफारिस बारे संघका केन्द्रीय कोषाध्यक्ष महेश श्रेष्ठले नेतृत्व गरेको अर्को समितिले अध्ययन गरिरहेको छ।
बैठकमा उपाध्यक्ष डा. बद्री केसीले परियोजनाबारे लागेका आरोपहरुबारे छानबिन गरी दोषी पाइए कारबाही गरिने बताएका थिए। एनआरएनए युवा संयोजक प्रविन गुरुङले युएई भ्रष्टाचार प्रकरणले संस्थाको साख माथि नै धक्का लागेको बताए । बैठकमा उनले निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कडा कारबाही प्रक्रिया अघि बढाउन माग गरे । परियोजनाका संयोजकमा संघका उपाध्यक्ष डा. बद्री केसी छन् ।
झण्डै दुई साता अघि संघले आइएलओ प्रकरणका बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले दोषीमाथि कडा कारवाही गर्ने बताएका थिए । उक्त पत्रकार सम्मेलनमा उपाध्यक्ष डा.केसीले अध्यक्ष पन्तको अनुरोधमा परियोजनाको संयोजकको जिम्मेवारी लिएपनि धेरै विषयमा अनविज्ञ भएकाले केन्द्रीय तहबाटै छानविन सुरु गरिएको जनाएका थिए ।
यसैबीच, बैठकले एमआईएस सिस्टम लागू भएका एनसिसीहरुमा सदस्यता वितरण कार्यको भेरिफिकेशन गर्न एनसीसीका अध्यक्ष, महासचिव तथा कोषाध्यक्षलगायत ११ जना सम्मको समिति बनाउन निर्देशन दिएको छ। यसअघि एनआरएनएका युरोप संयोजक नारायण आचार्यले एनआरएनए युकेले सदस्यता भेरिफिकेसनको काम अध्यक्ष पुनम गुरुङले मात्रै गरेपछि विवाद उत्पन्न भएको जानकारी गराएका थिए ।
बैठकमा उपाध्यक्ष मन केसीले सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभागको रिपोर्ट प्रस्तुत गरेका थिए। बैठकमा अध्यक्ष कुमार पन्तले आइएलओको सहयोगमा संचालित परियोजनामा जो कोही पनि अनियमिततामा दोषी पाइए कारवाही गरिने दृढता व्यक्त गरेका दिए।
संघले सोमबार एक विज्ञप्ति जारी गरि बैठकका निर्णयको बारेमा जानकारी दिने प्रवक्ता डिबी क्षेत्रीले बताए ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी