काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गर्नुभएको हो ।
चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको थियो । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो ।
चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो ।
उक्त खोपलाई टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिने छ । चीनले अनुदानमा उपलब्ध गराउने उक्त खोप लिन हिजो (आइतबार) मात्र वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो ।
यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख मात्रा खोप उपलब्ध गराएको थियो उक्त खोपलाई दुई देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । भेरोसेल खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अनुमति दिन बाँकी रहेको छ । चीन सरकारले खोपको अनुमति प्राप्तका लागि डब्लुएचओमा निवेदन दिइसकेको छ ।
स्वास्थ्यसेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले डब्लुएचओले अनुमति प्राप्त नदिए पनि खोप लगाउन पाइने जानकारी गराउनुभयो । “उत्पादन गरेको सम्बन्धित देशले खोपको प्रयोगका लागि अनुमति दिइसकेर लगाएपछि हामीले पनि उक्त खोप प्रयोग गर्नका लागि कुनै कानूनी बाधा अड्चन आउँदैन” उहाँले भन्नुभयो, “उत्पादन गरेको देश र अन्य देशले पनि लगाइसकेको हुनाले हामीले पनि चाँडै नै यही खोप लगाउँछौ ।”
उहाँका अनुसार खोप लगाउने प्राथमिकतामा परेका व्यक्तिको बारेमा निर्णय गरेर खोप अभियान पुनः सञ्चालन गरिने छ । नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ हजार मात्रा खोप लगाइसकेको छ । बाँकी पाँच लाख ४८ हजार मात्रा र अहिले चीनबाट प्राप्त आठ लाख मात्रा खोप रहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो ।
यस्तै, भारत सिरम इन्स्च्यिुट कम्पनीले उत्पादन गरेको खोप ‘कोभिशिल्ड’ खोपको १० लाख मात्रा खरीद गरेको खोप अझै आइपुगेको छैन । खोप समयमा नै नआएपछि सरकारले दोस्रो चरणको खोप अभियान स्थगित गर्नुपरेको थियो ।
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा