न्युयोर्क। अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो ।
अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र गतिमा बढेका हुन् । गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो ।
मृतकको संख्या पनि पछिल्ला केही समयमा तिब्र गतिमा बढेको बताइएको छ । अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ । अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ । अमेरिकी राज्यहरुमध्ये सबैभन्दा धेरै प्रभावित यहाँको क्यालिफोर्निया राज्यमा परेको छ ।
उक्त राज्यमा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्ति यो महामारीबाट संक्रमित भएका बताइएको छ । त्यसपछि टेक्सासमा २७ लाख र फ्लोरिडामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसैगरी न्युयोर्कमा भने १८ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन् । यसरी संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा बढी संक्रमित र मृत्यु भएको सबैभन्दा बढी प्रभावित देशको सूचीमा परेको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी