पेरिस। फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ शुरु भएको बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्काे कुनै पनि विकल्प नरहेको बताउनु भएको थियो । भाइरसको प्रकोप बढेका यहाँका १६ ओटा राज्यमा लकडाउनको घोषणा गरिएको छ तर सो लकडाउन विगतको जस्तो नभएर केही हल्का भने गरिएको बताइएको छ ।
यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्कने अनुमति दिइनेछ । तर एक राज्यबाट अर्काेमा जान यात्रा प्रतिबन्ध गरिएको छ । विद्यालयहरु यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्णरुपमा लागू गरेर मात्र खोल्न सकिने बताइएको छ । त्यसैगरी काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।
त्यसैगरी रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन् भने विद्यालय र उद्योगहरु खुला हुनेछन् । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ भने दैनिक ३० हजारभन्दा बढी सङ्क्रमित थपिँदै गएका छन् ।
फ्रान्समा अहिलेसम्ममा ४२ लाखभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको सङ्ख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी