लण्डन। बेलायतका राजकुमार फिलिप २८ रातको लामो अस्पताल बसाईपछि मङ्गलबार आफ्नो आवासमा फर्किनुभएको राजदरबार स्रोतले बताएको छ ।
करिब एक महिना पहिले विरामी भएपछि बेलायतकी महारानी एलिजावेथ द्वितीयका ९९ वर्षीय पति राजकुमार फिलिप राजधानी लण्डनस्थित किङ एडवर्ड अस्पतालमा गत फेब्रुअरी १६ मा भर्ना हुनुभएको थियो ।
उपचारकै क्रममा उहाँलाई मुटुसम्बन्धी समस्या पनि देखिएको भन्दै अर्को एक अस्पतालमा सारी उपचार भइरहेको थियो । आफ्नो जीवनकै सम्भवतः लामो अस्पताल बसाईपछि उहाँलाई घर फर्काइएको हो ।
राजकुमार फिलिपको स्वास्थ्य समस्याबारे बिस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन । राजदरबार स्रोतले फिलिपलाई कोरोनाभाइरससँग सम्बन्धित कुनै समस्या नरहेको बताएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान