सिड्नी।अस्ट्रेलियाले आगामी जुलाईसम्ममा सिंगापुरसँग हवाई यात्रा खोल्ने बारेमा छलफल थालेको छ । कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न अस्ट्रेलियाले लामो समयदेखि अन्तर्राष्ट्रिय उडान र यात्रामाथि कडाई गरेको छ ।
अस्ट्रेलियाली अधिकारीहरुले पर्यटन र यात्रामा सहजीकरण गर्न सिंगापुरसँग हवाई उडान खुला गर्नेबारेमा छलफल भइरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले विशेष परिस्थितिमा बाहेक कुनै पनि गैर–अस्ट्रेलियाली व्यक्तिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ ।
अस्ट्रेलियाका उपप्रधानमन्त्री माइकल म्याककोरम्याकले आगामी जुलाईदेखि दुई देशबीच हवाई उडान खोल्ने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँल एबिसी टेलिभिजनसँग कुरा गर्दै कोरोनाभाइरसको खोप लगाउन शुरु भएको अवस्थामा अस्ट्रेलियाले अन्य मुलुकसँगको यात्रा पनि खुला हुँदै जाने बताउनुभयो ।
अस्ट्रेलियाली अखबार सिड्नी मर्निङ हेराल्डका अनुसार यो सम्झौता बमोजिम खोप लगाएका सिंगापुरे र अस्ट्रेलियाली नागरिकलाई एकअर्का देशमा क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था गर्न लागिएको छ ।
उक्त अखबारले तेस्रो मुलुकका व्यक्तिहरु जस्तै अन्तर्राष्ट्रिय विद्यार्थी, व्यावसायिक यात्रु र स्वदेश फर्कन चाहने नागरिकले अस्ट्रेलियाका लागि उड्नु अघि सिंगापुरमा दुई साताको क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान समेटिएको जनाएको छ ।
तर अस्ट्रेलिया समेतका कतिपय मुलुकका लागि सीमा खोलिसकेको सिंगापुरले आफूले क्वारेन्टिन केन्द्र वा खोप केन्द्रको अवधारणाका विषयमा छलफल नगरेको स्पष्ट गरेको छ ।
सिंगापुरको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सिंगापुरले खोप प्रमाणपत्रलाई दुबै देशले मान्यता दिने बारेमा जोड दिएको जनाएको छ । विज्ञप्तिमा विद्यार्थी र व्यावसायिक यात्रुलाई उच्च प्राथमिकता दिन पनि अस्ट्रेलिया समक्ष सिंगापुरले आग्रह गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “हामीले बिना क्वारेन्टिन सिंगापुर र अस्ट्रेलियाका नागरिकलाई एकअर्का मुलुकको भ्रमण खुला गर्ने बारेमा छलफल गरेका छौं ।”
अस्ट्रेलियामा १४ दिने अनिवार्य क्वारेन्टिनका कारण दशौं हजार अस्ट्रेलियाली नागरिक विदेशमै अलपत्र परेका छन् । पर्यटन क्षेत्रबाट अस्ट्रेलियाले वार्षिक करिब ३५ अर्ब डलर आर्जन गर्ने गरेको छ, तर एक वर्षदेखि हवाई उडान रोकिएपछि यो क्षेत्र ठूलो सङ्कटमा छ ।
अस्ट्रेलियाले न्यूजिल्यान्डसँग एकतर्फी हवाई उडान शुरु गरेको छ जहाँ न्यूजील्यान्डका नागरिकले बिना क्वारेन्टिन अस्ट्रेलियाको भ्रमण गर्न पाउँछन् । तर भाइरस देखिनासाथ यो व्यवस्था पटकपटक स्थगित हुँदै खुल्दै गर्ने गरेको छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी