काठमाडौँ । कोभ्याक्स सुविधामार्फत उपलब्ध हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधामार्फत आज नेपाल आइपुगेको जानकारी दिनुभयो ।
कोभ्याक्सले नेपाललाई एक करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको सिरम इस्च्टिच्युट अफ इण्डिया कम्पनीले उपत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नै नेपाल आएको हो ।
उहाँले नेपालको लागि यो खोप प्राप्त गर्नु सुनौलो अवसर भएको भन्दै आगामाी जेठ महिनामा अर्को चरणमा १९ लाख मात्रा खोप नेपालले प्राप्त गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सारा बेथ्सोलो न्यन्तीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्नुभयो । खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखिएको छ । नेपाललगायत दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन (सार्क)मा वर्मा र श्रीलङ्काले कोभ्याक्समार्फत खोप पाएका छन् ।
कोभ्याक्स सुविधामार्फत कम विकसित देशलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?