लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपालको नयाँ राजदुतका चार वर्षे कार्यकाल सम्हाल्न लोकदर्शन रेग्मी बेलायत उत्रिएका छन् ।
बेलायतका लागि २१ औं नेपाली राजदुतको जिम्मेवारी पाएका रेग्मी सोमबार बिहान हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । सपरिवार बेलायत आइपुगेका उनलाई स्वागत गर्न दुतावासका उपयोग प्रमुखसहितका कर्मचारी हिथ्रो विमानस्थल पुगेका थिए ।
आफ्नो ४ वर्षे कार्यकाल सकेर राजदुत डा. दुर्गावहादुर सुवेदी गत महिना नेपाल फर्किएका थिए । कोरोना संक्रमण र लकडाउनका कारण राजदुत सुवेदीको बेलायत बसाइ करिब चार महिना लम्बिएको थियो । उनले विज्ञप्ति र सामाजिक संजालमार्फत आफू स्वदेश फर्किएको जानकारी बेलायतस्थित नेपाली समुदायलाई दिएका थिए ।
पूर्व मुख्य सचिव रेग्मीले गत बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजदुत पदको सपथ लिएका थिए ।
राजदुत रेग्मीले बेलायत सरकारको नियमअनुसार एकान्तबासपछि मार्च महिनाको दोस्रो सातापछि नियमित कार्य शुरु गर्ने बताइएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान