काठमाडौँ। संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ‘ग्लोबल स्टार्टअप’ प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम ‘होमस्टे’ (कम्युनिटी होमस्टे नेटवर्क) विजयी भएको छ ।
प्रतियोगिताअन्तर्गत दिगो विकास लक्ष्य (एसडिजी) को आठ लक्ष्यमध्ये ‘राम्रो काम र आर्थिक वृद्धि’ विधाको विजेताका रुपमा नेपालको सामुदायिक होमस्टे नेटवर्क सम्मनित भएको हो । संयुक्त राष्ट्रसङ्घ इनोभेशन नेटवर्कले समर्थन गरेको यस प्रतियोगितामा करीब १० हजार प्रारम्भिक प्रस्ताव सहभागी थिए । उनीहरुमध्येबाट विश्व पर्यटन क्षेत्रमा विविध प्रतिभाको क्षमता उजागर गर्दै एसडिजीमा योगदान पुर्याउने १८ देशका २५ विजेता निर्णायक मण्डलले छनोट गरेका हुन् ।
विश्वपर्यटन क्षेत्रका विज्ञ नेता मिलेर बनेको निर्णयक मण्डलले स्थार्टउ अफहरुको एसडिजी विशेष लक्ष्यमा योगदान पुर्याउने सम्भाव्यता, उनीहरुको ‘स्केल अप’ गर्ने क्षमता, ‘प्रोडक्ट’ र यसको व्यवस्थापन टोली दुवैको परिपक्कताका आधारमा मूल्याङ्कन गरेका छन् ।
एसडिजीको प्रगतिका लागि विशेष महत्व र योगदान दिनसक्ने २५ वटा विश्वव्यापी विजेतामध्ये अमेरिकाले नौ प्रतिस्पर्धी विजेतासँग प्रस्ताव पेश गर्ने क्रममा अग्रणि स्थान प्राप्त गरेको छ भने युरोपले आठ विजेता, एशिया र प्रशान्त क्षेत्रबाट छ विजेता तथा अफ्रिका र मध्यपूर्वी क्षेत्रबाट एक÷एक विजेता बनेका छन् ।
सामुदायिक होमस्टे नेटवर्क (सिएचएन) का संस्थापक शिवप्रसाद ढकालले समुदायमा आधारित पर्यटन नेपालको अथाह पर्यटन आयामलाई उजागर गर्न पुरस्कारले प्रेरणा प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समुदाय आधारित पर्यटनको अग्रणि एवं उदाहरणीय गन्तब्यका रुपमा नेपाललाई स्थापित गर्ने अभियानले युएनडब्लुटिओ जस्तो प्रतिष्ठित संस्थाबाट सम्मान प्राप्त गर्नु सम्पूर्ण सिएचएन टोली र हाम्रो राष्ट्रका लागि ठूलो सम्मान हो, ग्रामीण र उदीयमान पर्यटन स्थलमा मौलिक स्थानीय अनुभव प्रदान गर्ने र देशभरका पर्यटन सम्भावनालाई प्रस्फुटित गराउने एक नमूना प्रडक्ट हुनसक्छ तर, हामीले यसको सञ्चालन व्यवस्थापनमा दिगो र जिम्मेवार अभ्यास अपनाउनु पर्दछ ।”
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण