काठमाडौँ। काठमाडौँमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५० लाख ठगी गरेको छ । उक्त समूहले काठमाडौँको ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने एक किलो पहेंलो धातुलाई सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाको टोलीले ठगी गरेको आरोपमा छ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका– १६ बस्ने काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, काठमाडौँ तार्केश्वर नगरपालिका– ५ शान्तिटोल बस्ने नुवाकोटका ४५ वर्षीय ऋषमान घले, मेख तामाङ, जेरी तामाङ, राज तामाङ र काठमाडौँ महानगरपालिका ताहाचल बस्ने झापाका अभयकुमार चौधरी रहेका छन् ।
यही माघ ११ गते उक्त सुन जस्तो देखिने एक किलो पहेंलो धातु सक्कली सुन हो भन्दै उक्त ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले रु नौ लाख ५० हजार नगदसहित ठगी गरेको रकमबाट खरीद गरेको मोटरसाइकल र पाँच वटा मोबाइल बरामद गरेको छ ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर