लण्डन । बेलायतमा सरकारले साना व्यावसायीहरुलाई सरकारद्वारा दिइएको ऋण तिर्नका लागि थप सहुलियतको घोषणा गरेको छ ।
गतवर्ष कोरोना भाइरसको पहिलो लहरताका सरकारले आफैँ ग्यारेन्टी बसी साना व्यवसायीहरुलाई ऋण सुविधा दिएको थियो । सरकारको शुरुवातको घोषणाअनुसार त्यस्तो ऋण एक वर्षका लागि बिना ब्याज र ६ वर्षभित्र सो ऋण तिर्नपर्ने प्रावधान रहेको थियो । तर बेलायतमा कोरोनाको लहर एकपछि अर्को गर्दै थपिँदै गएपछि व्यापारमा परेकाे असरलाई सम्बोधन गर्न सरकारले थप सहुलियत घोषणा गरेको हो ।
थप सुविधाअन्तर्गत साना व्यवसायहरुले ऋण तिर्नका लागि १० वर्षसम्मको समय पाउनेछन् । तीन पटकसम्म ६/६ महिनाको ऋण मात्र तिर्ने सुविधा पाउने छन् । यस्तै, ६ महिनासम्म ऋण तिर्ने कार्यलाई स्थगन गर्न सक्नेछन् ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले नयाँ प्रावधानले व्यवसायीहरुलाई आफ्नै खुट्टामा उभिनलाई समय दिने विश्वास व्यक्त गरेका छन् । उनले व्यवसायहरुमा कोरोनाले निरन्तर प्रभाव पारिरहेको र उनीहरुलाई सहयोग गर्न र उनीहरुलाई महामारीका बेलामा विश्वास दिलाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सरकार ग्यारेन्टी बसेर १४ लाख साना व्यवसायीहरुलाई ४५ बिलियन पाउण्ड ऋण उपलब्ध गराएको छ । ‘बाउन्स ब्याक’ नाम दिइएको सो योजनामा साना व्यवसायले ५० हजार पाउण्डसम्मको ऋण लिन पाउँछन् ।
बैँकहरुले सोमबारदेखि नै ऋणीहरुलाई नयाँ प्रावधानका बारेमा जानकारी दिने योजना रहेको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान