जकार्ता। विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ ।
कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।
यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिवन्धलाई थप दुई हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिनुभयो ।
सरकारले प्रतिवन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइका साथ लागुगर्न लागेको पनि उहाँले बताउनुभयो ।
राष्ट्रपति जोको विडोडोले पनि विदेशी नागरिकलाई इन्डोनेशिया प्रवेशका लागि प्रतिवन्ध लगाउने समय बढाउने निर्णयप्रति समर्थन जनाउनुभएको छ ।
सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेशिया प्रवेश नपाउने भएका छन् ।
इन्डोनेशियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो ।
विदेशी सरकारी उच्च अधिकारी तथा अति महत्वपूर्ण व्यक्तिहरुलाई पनि आधारभूत मापदण्ड पूरा गरेर इन्डोनेशियाली सरकारको स्वीकृतिमा भ्रमणको व्यवस्था भने गर्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो