प्योङ्गयाङ्ग । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित हुनुभएको छ ।
पार्टीको आठौँ अधिवेशनले उहाँलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ ।
पार्टीको महासचिवका रुपमा उहाँभन्दा अगाडि उहाँको बुबा र त्योभन्दा अगाडि हजुरबुवाले नेतृत्व प्रदान गर्दै आउनुभएको थियो ।
पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको समाचारमा जनाइएको छ ।
उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमाण्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उहाँ राज्यका अरु पनि धेरै प्रमुख जिम्मेवारीमा रहनु भएको छ ।
उहाँले केही समयपछि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिनु भएको थियो । उत्तर कोरियामा उहाँको परिवारको दबदबा रहेको छ ।
उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङले बधाई ज्ञापान गर्नुभएको छ ।
उहाँले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना पनि दिनुभएको छ । उहाँले महासचिवका रुपमा किमसँगको सहकार्य पनि राम्रो हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी