लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले कोरोना महामारीमा नेपालीहरुलाई संक्रमणबाट जोगाउन एवं देश तथा प्रवासमा रहेका नेपालीको सुरक्षातर्फ ध्यान केन्द्रित गर्न एनआरएनए नेतृत्वलाई आग्रह गरेका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) सँग कुराकानी गर्दै उनले एनआरएनए नेतृत्वको ध्यान मानवीय काम भन्दा अन्य काममा अल्झिएको भन्दै चिन्ता व्यक्त गरे ।
“नेपाल तथा प्रवासी नेपाली समुदाय पनि अझै यो महामारीबाट मुक्त छैनन्। अहिले हाम्रो तात्कालिक चुनौती भनेको नेपाली जनताका लागि आवश्यक खोपहरु प्राप्त गर्ने र पुरै जनसमुदायलाई सुरक्षित गर्न सफलतापूर्वक खोप दिने हो। हामीले सयौं वर्षमा हुने यस प्रकारको घटनासंग जुध्न सहकार्य गर्न नेपाल सरकारलाई सम्पर्क गर्नु पर्दछ,” उनले भने ।
हामीले यति लामो समयदेखि प्रयोग र सुधार गर्दै आएको सदस्यता प्रणालीमा अकस्मात निर्णय गरिहाल्नु पर्ने बेला अहिले नरहेको र आफुहरुले कुनै राजनीतिक चरित्र बोकेको भन्दा पवित्र समाजसेवी भावना बोकेको संस्थाको परिकल्पना गरेको उनले बताए । “त्यस्तो संस्थामा किन जित्ने र हार्ने अवस्था ल्याउने ? कसैलाई समाज सॆवा गर्न वन्चित गराउने ? किन रोटरियन मोडेलमा झैँ समावेसी नेतृत्व रोटेट नगर्ने जहाँ युवा, महिला सबै क्षेत्रका व्यक्ति कामको आधारमा नेतृत्वमा पुग्न सकुन् । चुनावले विभाजन ल्याउंछ भने फेरि किन त्यस्तो चुनावमा जाने ?” उनले प्रश्न गरे ।
“अहिले यो सब बहस गौण हो। हामी हतारमा संस्थाको दीर्घकालिन महत्वका विषयमा निर्णय गर्न किन आत्तिएका हौँ ? के यो त्यस्तो बेला र परिस्थिति हो ? हाम्रो जीवनमा पहिलो पटक यस्तो महामारी फैलिएको बेला प्रवासमा रहेका नेपालीहरुलाई सहयोग गर्नु पर्ने हैन ?” उनले प्रश्न गरे। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार शनिवार (२६ डिसेम्बर) सम्ममा नेपाल बाहिर ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
एनआरएनएका पूर्व अध्यक्ष समेत रहेका घलेले युरोप, अमेरिका, अष्ट्रेलियामा हजारौं नेपालीहरु कोरोना संक्रमित भैरहेको अवस्थामा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गर्न संघलाई सुझाव दिए ।
उनले एनआरएनए प्रवासमा रहेका नेपालीहरुलाई दुख पर्दा सम्झने संस्थाका रुपमा विकास गर्नु पर्ने पनि बताए । “फ्रि डेलिगेट्स, स्मार्ट एनआरएनएको नाममा दैनिक जुम बैठक गर्ने र लामो लामो भाषण दिने काम गरिरहेको सुन्छु । के को लागि यत्रो हतार हो यो विश्व महामारीको परिवेशमा ? ” उनले प्रश्न गरे।
“गैरआवासीय नेपाली संघको भविष्य हामीले ‘भिजन २०२०’ मा लामो समय लगाएर समावेश गरेका छौं, तर अहिले संस्थालाई दूरगामी असर गर्ने काममा हतारिएर सिस्टम परिवर्तन गर्ने काम नगरौं । हामीले विकास गरेको सिस्टम खराब हैन, सिस्टमलाई कार्यान्वयन गर्ने नेतृत्व क्षमता र इमान्दारिताको चाहिं परीक्षा गरेको हो,” घलेले भने।
“डेटा सिस्टम र सदस्यता शुल्कबारे निर्णय गर्ने अधिकार एनसिसिलाई दिन र ‘युनाईटेड नेसन्स अफ एनआरएनए’ को मोडेलमा जान पनि उनले सुझाव दिए ।
एनआरएनएको नयाँ नेतृत्वले निशुल्क सदस्यता, स्मार्ट एनआरएनए लगायतका दीर्घकालिन महत्वका विषयहरु प्रस्ताव गरिरहेका बेला घलेले आफ्ना भनाइहरु राखेका हुन्।
एनआरएनएका पदाधिकारीहरुले व्यापारिक स्वार्थका लागि संस्थालाई उपयोग गर्ने गरेको भन्ने आरोप लाग्ने गरेको छ नि भन्ने एक प्रश्नको जवाफमा घलेले भने,” यदि त्यसो भएको हो भने त्यो गलत हो। एनआरएनए एक सामाजिक संस्था हो, यसलाई व्यापारिक स्वार्थहरु भन्दा माथि राख्नु पर्छ। “
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ