एफडीएले आपतकालीन प्रयोगको लागि मोडर्नाको कोभिड -१९ बिरुद्धको खोपलाई अनुमति दिएको छ । अमेरिकी खाद्य र औषधि प्रशासनले संयुक्त राज्य अमेरिकाको लागि अनुमति दिएको हो ।
गत हप्ता मात्र फ़ाइजरद्वारा निर्मित कोरोना बिरुद्धको खोपलाई अनुमति दिएको थियो । एक हप्ता पछि पुनस् अर्को दोश्रो खोप बनाउने प्रतिष्ठानलाई अनुमति दिए संगै खुशी छाएको छ ।
फ़ाइजरको खोप अमेरिकाभरि ५० वटै राज्यहरुमा निरन्तर चरणबद्ध रुपमा निकासी भै रहेको छ । धमाधम सरकारले तोकेको बिशेषगरि अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ,निजि अस्पताल र वरिष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु गरि सकेको छ ।
एफडीएले गत बिहीबार यसको खोपहरू र सम्बन्धित जैविक उत्पादन सल्लाहकार समितिको सिफारिस पछि शुक्रबार राति सामाजिक संजाल ट्वीटरमा घोषणा गरेको छ ।
“आपतकालीन प्रयोग गर्नको लागि सयुक्त राज्य अमेरिकाको लागि १८ बर्ष वा माथि उमेरकालाई खोप वितरण गर्न अनुमति दिन्छ,” भन्दै एफडीएले ट्वीट गरेको हो ।
यो खोप प्रतिस्पर्धी फाइजरको जस्तै दुबै सुरक्षित र अत्यधिक प्रभावकारी मानिन्छ। करीव ३० हजार स्वयंसेवकहरूलाई सफलता पूर्वक परीक्षण गरेपछि ९४ प्रतिसत प्रभावकारी भएको मोडर्नाको कोभिड-१९ बिरुद्ध खोपका दुष्प्रभाव ज्वरो र सामान्य असरहरु रहेका छन ।
“कोभिड-१९ को रोकथामका लागि अहिले दुई खोपहरू उपलब्ध भए पछि एफडीएले यो विश्वव्यापी महामारीको बिरूद्ध लडाईमा अर्को महत्त्वपूर्ण कदम चाल्यो जुन संयुक्त राज्य अमेरिकामा हरेक दिन ठूलो संख्यामा अस्पताल भर्ना र मृत्यु हुने गरेको छ,” एफडीए आयुक्तले चिकित्सक स्टेफेन एम हनले भने ।
यो खोपका लागि अल्ट्रा-कोल्ड स्टोरेज ९अत्यधिक शीत भण्डारण०को आवश्यकता पर्दैन । यो अधिक मैत्रीपूर्ण छ भने उपयोगकर्ता अनुकूल छ । विशेष गरी ग्रामीण क्षेत्रहरूमा समेत उपयोगी हुने बताएका छन् ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी