वासिङ्टन । आफ्ना नागरिकहरूमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उहाँकी श्रीमतीले कोभिड–१९ विरुद्धको खोप सेवा शुक्रबार लिनुभएको छ ।
नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलिभिजनहरूले प्रत्यक्ष प्रशारण गरेका थिए ।
ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले भन्नुभयो, “कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरुमा नै लिएको छु । खोपको प्रयोगपछि मलाई शरिरमा कुनै भिन्नता महशुस भएको छैन ।”
अमेरिका विश्वकै सबैभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने यहाँ कोभिड सङ्क्रमित करिब तीनलाख १८ हजार मानिसको मृत्यु भएको छ । सङ्क्रमणका हिसाबले अमेरिका, भारत, ब्राजिल, रूस र फ्रान्स विश्वका बढी प्रभावित मुलुक हुन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान