वासिङ्टन । आफ्ना नागरिकहरूमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उहाँकी श्रीमतीले कोभिड–१९ विरुद्धको खोप सेवा शुक्रबार लिनुभएको छ ।
नागरिकमा खोप प्रयोगका लागि आत्मविश्वास बढाउनका लागि दिइएको उक्त खोप अमेरिकी टेलिभिजनहरूले प्रत्यक्ष प्रशारण गरेका थिए ।
ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले भन्नुभयो, “कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन मैले यो सेवा सुरुमा नै लिएको छु । खोपको प्रयोगपछि मलाई शरिरमा कुनै भिन्नता महशुस भएको छैन ।”
अमेरिका विश्वकै सबैभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने यहाँ कोभिड सङ्क्रमित करिब तीनलाख १८ हजार मानिसको मृत्यु भएको छ । सङ्क्रमणका हिसाबले अमेरिका, भारत, ब्राजिल, रूस र फ्रान्स विश्वका बढी प्रभावित मुलुक हुन् ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन