जेनेभा। गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।
डब्लुएचओ र त्यसका साझेदारहरुले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन् । उनीहरुले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् ।
विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।
संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, “सवै देशले कोरोनाविरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरु देखि नै खोप पठाइने छ ।”
अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिनुभयो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान