लण्डन । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनलाई कोरोना संक्रमण भएको छ ।
उनमा कोभिड १९ को लक्षणहरु देखिएपछि टेष्ट गराउँदा पोजिटिभ देखिएको उनको कार्यालय इलिजी प्यालेसले बिहीबार बिहान जनाएको छ ।
उनी सातदिनसम्म सेल्फ आइसोलेसनमा बस्नेछन् ।
उनले आफ्नो कार्यभार कसैलाई हस्तान्तरण गरेका छैनन् ।
म्याक्रोनसित सम्पर्कमा आएका युरोपियन युनियनका प्रमुख चार्ल्स मिसेल र स्पेनका प्रधानमन्त्री पेड्रो सान्द्वेज पनि सेल्फ आइसोलेसनमा बसेका छन् । यस्तै उनीसित सम्पर्क भएका फ्रान्सका प्रधानमन्त्री, सभामुख तथा म्याक्रोनकी श्रीमती पनि सेल्फ आइसोलेसनमा बसेका छन् ।
म्याक्रोन कोरोना भाइरसबाट संक्रमित हुने राष्ट्रप्रमुखहरुको सूचीमा परेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन लगायतलाई कोरोना संक्रमण भइसकेको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त