लण्डन । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनलाई कोरोना संक्रमण भएको छ ।
उनमा कोभिड १९ को लक्षणहरु देखिएपछि टेष्ट गराउँदा पोजिटिभ देखिएको उनको कार्यालय इलिजी प्यालेसले बिहीबार बिहान जनाएको छ ।
उनी सातदिनसम्म सेल्फ आइसोलेसनमा बस्नेछन् ।
उनले आफ्नो कार्यभार कसैलाई हस्तान्तरण गरेका छैनन् ।
म्याक्रोनसित सम्पर्कमा आएका युरोपियन युनियनका प्रमुख चार्ल्स मिसेल र स्पेनका प्रधानमन्त्री पेड्रो सान्द्वेज पनि सेल्फ आइसोलेसनमा बसेका छन् । यस्तै उनीसित सम्पर्क भएका फ्रान्सका प्रधानमन्त्री, सभामुख तथा म्याक्रोनकी श्रीमती पनि सेल्फ आइसोलेसनमा बसेका छन् ।
म्याक्रोन कोरोना भाइरसबाट संक्रमित हुने राष्ट्रप्रमुखहरुको सूचीमा परेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन लगायतलाई कोरोना संक्रमण भइसकेको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल