बर्लिन । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन् ।
युरोपमा कोभिडको दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाउन थालेसँगै जतिसक्दो चाँडो खोप लगाउनु पर्ने दबाब बढेको छ । यही अवस्थालाई मध्यनजर गरी जर्मनीले आगामी डिसेम्बर २७ देखि नै खोप अभियान शुरु गर्ने जनाएको छ ।
यही दिनदेखि सम्भवतः युरोपेली युनियनमा आबद्ध सबै मुलुकमा खोप अभियान शुरु हुँदैछ ।
फ्रान्सले यसै वर्ष सन् २०२० को अन्त्यसम्ममा ११ लाख ६० हजार डोज खोप प्राप्त हुने जनाएको छ । अर्को महिनाभित्र अरु २३ लाख डोज खोप फ्रान्सले प्राप्त गर्दैछ ।
कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख पुग्ने खतरा भइसक्दा पनि युरोपेली युनियनमा खोपको आपूर्तिमा तुलनात्मक रुपमा ढिलाई भइरहेको छ ।
बर्लिन शहरको सुनसान सडकमा भेटिएका ५७ वर्षीय आइनेस कुम्पलले भन्नुभयो, “शहर आजभोलि सुनसान देखिएको छ ।”
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विगत २४ घण्टामा संयुक्तराज्य अमेरिकामा मात्र तीन हजार ७०० भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख ५० हजारभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यो तथ्याँकले युरोपमा देखिएका कोरोना संक्रमितको संख्यालाई पनि ओझेलमा पारेको छ ।
डेनमार्क, फ्रान्स, टर्की र नेदरल्यान्ड्सले प्रतिबन्धहरुलाई अझ कडाई गरेका छन् भने स्पेनका प्रधानमन्त्रीले आफ्नो मुलुकमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गर्नु भएको छ ।
यसैबीच, युरोपेली आयोगकी प्रमुख उर्सुला भोन लियेनले कोरोना महामारीबाट छुटकारा पाउन कम्तीमा ७० प्रतिशत जनसंख्यालाई खोप लगाउनुपर्ने बताउनु भएको छ ।
बेलायत र संयुक्तराज्य अमेरिकाले खोप लगाउन थालेसँगै युरोपेली मुलुकमा पनि खोप लगाउन दबाब बढेको छ । बेलायत र अमेरिकाले फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाएका छन् । अमेरिकी अर्को कम्पनी मोडर्नालाई पनि अमेरिकी नियामक निकायले अनुमति दिने बारेमा परामर्श गरिरहेको छ ।
बेलायत सरकारले हालसम्म १ लाख ३७ हजारभन्दा बढी व्यक्तिले पहिलो डोज खोप लगाइसकेको जनाएको छ ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन