वासिङ्टन । अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एक महिनायता १ लाख १३ हजार भन्दा बढी व्यक्ति उपचारकोलागि अस्पताल भर्ना भएका छन्। गत वर्षको डिसेम्बेर महिनाबाट चीन हुबे प्रान्त वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अन्त्यन्त प्रभावित भएको छ ।
यस संक्रमणको कारण अमेरिकामा ३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १ करोड ७३ लाख ९४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमणको कारण विश्वभरीमा ७ करोड ४५ लाख ९८ हजार व्यक्ति संक्रमित भएका छन् भने १६ लाख ५६ हजार ५५४ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान