एटलान्टा । राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमत पुर्याउने अभियान मङ्गलबार थालनी गर्नु भएको छ ।
रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटका नेता मिच म्याक्कोनेलले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लाग्नु भएको हो ।
सिनेटको दुई सदस्यका लागि जर्जिया राज्यमा आगामी जनवरी ५ मा चुनाव हुँदैछ । यो चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएमा सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवैको समान ५०–५० स्थान हुनेछ ।
राष्ट्रपति चुनावमा जर्जिया राज्यमा बाइडेन विजयी भए पनि सिनेटका लागि उम्मेदवार रहनु भएका डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुले ५० प्रतिशत मत प्राप्त गर्नु भएको थिएन । त्यही कारण जर्जियामा दोस्रो चरणको मतदान हुन लागेको हो ।
बाइडेन चुनावी प्रचार र सभाहरुका लागि जर्जिया प्रस्थान गर्नु भएको छ । जर्जियामा डेमोक्रेटिक पार्टीका तर्फबाट जन ओस्सोफ र राफेल वार्नोक उम्मेदवार बन्नु भएको छ । यसअघि जर्जियाका दुवै स्थानमा रिपब्लिकन पार्टीका उम्मेदवार विजयी भएका थिए ।
राष्ट्रपति–निर्वाचित बाइडेनले भन्नुभएको छ, “यी दुई व्यक्ति मलाई दिनुहोस्, हामी सिनेटमा नियन्त्रण गर्न सक्षम हुनेछौं ।”
इलेक्टोरल कलेजले बाइडेन विजयी भएको घोषणा गरेलगत्तै सिनेटका लागि रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच तानातान शुरु भएको छ ।
यसैबीच बाइडेनले इन्डियानका पूर्व मेयर पिट बुटिजिगलाई यातायात मन्त्रालयको जिम्मेवारी दिएको घोषणा गर्नु भएको छ ।
चुनावमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अझै स्वीकार्नु भएको छैन, तर सिनेट रिपब्लिकनका नेता मिच म्याक्कोनेलले राष्ट्रपति ट्रम्पलाई एक सन्देश पठाई अब चुनावी दौड समाप्त भएको बताउनु भएको छ ।
सिनेटको बैठकमा पनि म्याक्कोनेलले भन्नुभयो, “इलेक्टोरल कलेजले पनि बोलिसक्यो । त्यसैले आज म राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिन चाहन्छु ।”
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन