वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ ।
राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उहाँ पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुनु हुने भएको स्रोतले जनाएको छ ।
निर्वाचन आयोग र अदालतहरुले समेत निर्वाचनको परिणामलाई प्रश्न उठाउने आधार र प्रमाण नभएको दावी गरे पनि उहाँले भने अस्वीकार गर्दै आउनु भएको छ ।
उहाँले मत परिणामप्रति असन्तुष्टि जनाउँदै हुलाकबाट प्राप्त भएका मतहरु बदर गर्न विभिन्न अदालतमा मुद्दा दायर गर्नु भएको थियो । तर पर्याप्त आधार र वस्तुनिष्ठ प्रमाणको अभाव देखाउँदै उहाँका सबै मुद्दालाई राज्यस्तरका र सर्वोच्च अदालतले समेत अस्वीकार गरिसकेका छन् ।
अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र जनवरी २० तारिखका दिन पद हस्तान्तरण हुने व्यवस्था रहेको छ ।
सोही व्यवस्था अनुसार यस पटक भएको निर्वाचनमा बहालवाला राष्ट्रपति तथा रिपब्लीकन उम्मेदवार ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याट तर्फका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
राष्ट्रपति कार्यालयका एक जना सल्लाहकारलाई उद्धृत गर्दै स्रोतले जनाएअनुसार जनवरी २० मा हुने पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने मनस्थितिमा पुग्नु भएको छ ।
उहाँले दोस्रो कार्यकालका लागि पनि आफूले नै जितेको तर धाँधली गरेर आफूलाई हराइएको दावी गर्दै आउनुभएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल