लण्डन । युकेमा अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिँदै गरेको बेला बेलायती गृह मन्त्रालयले बक्स (बर्कसियर) न्यु युनिभर्सिटीको टियर फो स्पोन्सर लाइसेन्स निलम्बन गरेको छ ।
बेलायती गृह मन्त्रालयले आफ्नो वेभसाइटमा आज एक विज्ञप्ति प्रकाशित गरी सो विश्वविद्यालयको विदेशी विद्यार्थी स्पोन्सर गर्ने लाइसेन्स नविकरण नगरिएको जनाएको छ ।
मन्त्रालयले सो निर्णयमाथि पुनरावेदन गर्न विश्वविद्यालयलाई २० दिनको म्याद दिएको छ । यदि सो अवधिमा पनि विश्वविद्यालयले हाइली ट्रष्टेडको मान्यता फिर्ता पाउन नसकेमा सो लाइसेन्स खारेज हुने बताइएको छ ।
यसैगरी विश्वविद्यालयको टियर टु लाइसेन्स पनि निलम्बन गरिएको छ । सो लाइसेन्सबाट विश्वविद्यालयले विदेशबाट कामदार झिकाउन पाउने गर्थ्यो ।
दुवै लाइसेन्स निलम्बन भएसँगै विश्वविद्यालयले अब नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी र विदेशबाट कामदार स्पोन्सर गर्न पाउने छैन ।
सन् १८१३ मा स्थापित साइन्स एण्ड अार्ट स्कुलले सन् २००७ मा विश्वविद्यालयको मान्यता पाएको हाे । सो विश्वविद्यालयमा अण्डर ग्राजुयट र पोष्ट ग्राजुयट गरी ९ हजार १३० विद्यार्थी अध्ययनरत छन् ।
यसअघि होम अफिसले युनिभर्सिटी अफ वेष्ट लण्डन, लण्डन मेट्रोपोलिटन युनिभर्सिटी, ग्लैण्डर युनिभर्सिटी र बेडफोर्डसियर युनिभर्सिटीको टियर फो स्पोन्सर लाइसेन्स निलम्बन गरेको थियो ।
युकेमा गृह मन्त्रालयले विश्वविद्यालयको विदेशी विद्यार्थी स्पोन्सर गर्न पाउने लाइसेन्स निलम्बन र खारेज गर्नु अब नौलो कुरो रहेन । यस्तै, युके आइसकेका पुराना विद्यार्थीहरु पनि अब पहिले जस्तो विश्वविद्यालयको लाइसेन्स निलम्बन वा खारेज भए के गर्ने कसो गर्ने भन्ने अन्यौलबाट अभ्यस्त हुन थालिसकेको छन् । यद्यपि बक्स न्यु युनिभर्सिटीमा कति नेपाली विद्यार्थी अध्ययनरत छन् भन्ने यकिन भइसकेको छैन ।
युके आइसकेका विद्यार्थीहरुलाई विश्वविद्यालयको लाइसेन्स खारेज हुँदैमा नआत्तिन मन्त्रालयले आग्रह गरेको छ । विश्वविद्यालयको लाइसेन्स निलम्बन भए पनि उनीहरुलाई अध्ययन र काम गर्नमा कुनै समस्या नहुने मन्त्रालयले बताएको छ । यदि विश्वविद्यालयको लाइसेन्स खारेजै भएमा विद्यार्थीहरुलाई सूचित गरिने उसले जनाएको छ ।
सो विश्वविद्यालयमा अध्ययन गर्न युके आउन बाँकी विद्यार्थीहरुको हकमा भने मन्त्रालयले विश्वविद्यालयको लाइसेन्सको टुँगो नलागेसम्म तत्काल युके नआउन पनि सुझाव दिएको छ । विश्वविद्यालयले जारी गरिसकेको कम्फमेसन अफ एसेप्टेन्स फर स्टडिज (कास) र सर्टिफिकेट अफ स्पोन्सरसिप (कोस)का आधारमा गरिएका भिसा आवेदनहरुलाई मन्त्रालयले थाँती राखेको जनाएको छ ।
विश्वविद्यालयको लाइसेन्स निलम्बन हुनअघि जारी कागजातका आधारमा युकेमा बसाइ लम्ब्याउने लगायतका नयाँ निवेदनहरु मन्त्रालयले स्वीकार गर्ने तर त्यसअपर अहिले कुनै कार्यबाही नगर्ने जनाएको छ ।
विश्वविद्यालयको लाइसेन्स निलम्बन भएको अवस्थामा यदि कसैको भिसा सकिँदै छ भने सो विश्वविद्यालले नयाँ स्पोन्सर पत्र जारी गर्न नपाउने भएकाले वैकल्पिक स्पोन्सरहरु खोज्न पनि मन्त्रालयले सुझाएको छ ।
विश्वविद्यालयको लाइसेन्स निलम्बन भएको बखतमा विदेशमा छुट्टी अथवा यात्रारत रहेको भए युके आउनमा कुनै व्यवधान नहुने पनि जनाइएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने