काठमाडौँ । नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ ।
नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको बरियता यथावत रहेको छ । बङ्गलादेश फिफा बरियतामा दुई स्थान झरेको छ । गत साता बङ्गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो । दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ ।
फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक