नयाँदिल्ली । दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआइ) समक्ष आवेदन दिएका छन् ।
भारतमा फाइजर कोभिड–१९ का लागि विभाग समक्ष अनुमति माग्न पुग्ने पहिलो विदेशी कम्पनी हो भने सेरम पनि कोभिसिल्ड खोपका लागि आवेदन गर्ने पहिलो भारतीय कम्पनी हो ।
विभागका एक अधिकारीले भन्नुभयो, “फाइजर इन्डियाले फाइजर–बायोएनटेकको कोभिड–१९ भ्याक्सिन भारतमा आयात र वितरण गर्न अनुमतिका लागि आवेदन दिएको छ ।”
यद्यपी खोप भण्डार गर्न आवश्यक पर्ने माइनस ७० डिग्री सेल्सियसको अत्यन्त कम तापमानले भारत जस्ता मुलुकमा यसको वितरणका लागि ठूलो चुनौती छ ।
फाइजरले खोपको आपतकालीन प्रयोगका लागि यस किसिमको अनुमति बेलायत र बहराइनमा पाइसकेको छ ।
“प्रतिज्ञा गरेझैं सन् २०२० को अन्त्य हुनुअघि नै भारतमै निर्मित खोप कोभिसिल्डको आपतकालीन प्रयोगका लागि सेरमले आवेदन दिएको छ । यसले असंख्यको ज्यान बचाउनेछ । भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँहरुको अमूल्य सहयोगका लागि धन्यवाद दिन चाहन्छु,” एसआइआइका प्रमुख अदार पुनावालाले एक विज्ञप्तिमा भन्नु भएको छ ।
हाल, भारतीय स्वास्थ्य अनुसन्धान परिषदद्वारा सह–प्रायोजित कोभिसिल्डको तेस्रो चरणको क्लिनिकल परीक्षण देशका विभिन्न भागमा संचालनमा छ ।
एसआइआइले विशाल औषधि उत्पादक कम्पनी अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयसँग कोभिसिल्डको उत्पादनका लागि साझेदारी गरेको छ ।
पुनावालाले भारत सरकारले एसआइआइबाट उत्पादित कोभिड–१९ का खोप ३० करोडदेखि ४० करोड डोज खरिद गर्ने बताउनुभयो । यस कम्पनीले हाल प्रति महिना ५० देखि ६० लाख डोज उत्पादन गरिरहेको छ र अर्को वर्ष सन् २०२१ को जनवरीदेखि प्रति महिना १० करोड डोज उत्पादन गर्ने योजना छ ।
कोभिसिल्ड खोपलाई २–८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिन्छ ।
भारत सरकारले देशको सबैभन्दा ठूलो खोप अभियान संचालनका लागि पूर्व तयारी शुरु गरिसकेको छ ।
हाल, भारतमा पाँच किसिमका कोभिड–१९ खोपहरु विकासको लगभग अन्तिम चरणमा पुगेका छन् ।
गत हप्ता भारतीय प्रधानमन्त्री मोदीले विज्ञहरुले भनेबमोजिम केही हप्ताभित्रै खोप तयार हुने बताउनु भएको थियो ।
यसैबीच, भारतमा कोरोनाभाइरस संक्रमितको संख्या मंगलबारसम्म ९७ लाख पुगेको छ । भारतमा १ लाख ४० हजार ९९४ जनाको मृत्यु भइसकेको छ ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो