काठमाडौँ । प्रहरीले एक महिलाको हराएको अठार तोला गरगहना र रु ३१ हजार ५०० फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले लैनचौरकी ५३ वर्षीय शोभा सापकोटाको यही मङ्सिर १२ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ महानगरपालिका–२६ लैनचौर जाने ट्याक्सीमा हराएको गरगहना र नगद फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले विमानस्थलबाट लैनचौर आउने क्रममा हराएको उक्त गरगहना र नगद बा १ य ९६८ नंको ट्याक्सीमा फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिनुभयो । प्रहरीले उक्त नगद र गरगहना टोखा नगरपालिका–२ का २८ वर्षीय दीपेश बस्नेतसँग फेला पारेर दिएको हो ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन