राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा आफू पराजित भएको अप्रत्यक्ष अर्थात् घुमाएर स्वीकार गरेका छन् । उनले सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्न र थालनी गरिएको भनि सामाजिक संजाल ट्वीट गरेका छन् ।
ट्रम्पले ट्वीटमा सामान्य सेवा प्रशासनकि इमिली मर्फीलाई उनले राष्ट्रमा गरेको दृढ समर्पण र बफादारीको लागि धन्यबाद दिएका छन । अमेरिकाको सामान्य सेवा प्रशासन (द जनरल सर्भिस एड्मिनिष्ट्रेशन) ले राष्ट्रपति पदमा विजयी जो वाइडेनलाई ट्रम्प प्रशासन औपचारिक सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न तयार रहेको जानकारी गराएको छ ।
सामान्य सेवा प्रशासनका प्रशासक एमिली मर्फीले सोमबार दिउँसो पठाएको यस सम्वन्धी पत्र सीएनएनले प्राप्त गरेर सार्वजनिक गरेको हो । राष्ट्रपतीय निर्वाचनमा वाइडेन विजयी भएको दुई हप्ता भन्दा बढी समय पछि राष्ट्रपतिले डोनाल्ड ट्रम्पको पराजयलाई प्रशासनले स्वीकार गर्दै यो कदम उठाएको पहिलो कदम हो।
विजेता वाइडेनलाई पठाइएको पत्रमा स्पष्ट संकेत गरिएको छ कि कि मर्फीले औपचारिक रूपमा वाइडेनको जीत सम्वन्धी दस्तावेजमा हस्ताक्षर गर्ने छिन्, जसलाई शासकीय भाषामा निश्चितता भनिन्छ।
यस कदमले संक्रमणलाई आधिकारिक रूपमा सुरू गर्न अनुमति दिनेछ । र वर्तमान प्रशासनका अधिकारीहरूलाई आउने वाइडेन टोलीसँग समन्वय गर्न र संक्रमणकालिन समयमाका लागि आर्थिक सहयोग प्रदान गर्ने अनुमति दिनेछ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ