लण्डन । नेपालमा कोरोना संक्रमणका कारण दुई चिकित्सकको निधन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (शिक्षण अस्पताल) मा कार्यरत मुटुरोग विशेषज्ञ प्रा.डा. सुनिल झा र इशान अस्पतालका सन्चालक तथा नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको हो ।
डा. झाले अक्टोवर १६ मा आफू र आफ्ना परिवारका सबै सदस्यहरु कोरोना संक्रमणमा पोजिटिभ देखिएको भन्दै आफूहरुको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन फेसबुकमा स्टाटस लेखेका थिए । लामो समय भेन्टिलेटरमा रहेर कोरोना भाइरससित संघर्ष गर्दागर्दै उनको आज निधन भएको हो ।
डा. थापाको पहलमा अन्य चिकित्सकहरु मिलेर २०५१ मा सालमा बसुन्धरामा निजी क्षेत्रबाट इशान बाल अस्पतालको स्थापना गरिएको थियो । थापा सो अस्पतालको अध्यक्षसमेत रहेका थिए ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने