
आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।
इथियोपियाको मानव अधिकार आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा सशस्त्र आतंककारी समूहले आक्रमण गरेका थिए ।
आयोगले आक्रमणकारी समूहको पहिचान र आक्रमण गर्नुको कारण भने खुलाएको छैन ।
हालैका महिनाहरुमा बेनिशाङ्गुल–गुमुज क्षेत्रमा विभिन्न जातीय समूहहरुबीच हिंसात्मक झडपहरु हुने गरेका छन् । यी आक्रमण–प्रत्याक्रमणबाट सयौं व्यक्तिको ज्यान जानुका साथै हजारौं मानिस विस्थापित भएका छन् ।
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित