लिमा । पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ ।
करिब आठ घण्टा चलेको महाभियोगको सुनुवाईपछि राष्ट्रपतिलाई हटाउने प्रस्तावमा १०५ र विपक्षमा १९ मत परेको हो । महाभियोग प्रस्ताव पास हुनका लागि संसदका ८७ सदस्यले उहाँको विपक्षमा मतदान गरेपुग्नेमा योभन्दा निकै धेरै १०५ मत परेको हो ।
त्यसैगरी संसदले गणतान्त्रिक पेरुको राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएपछि उक्त स्थान खाली भएको जानकारी गराएको छ ।
यसैबीच भिजकाराले राष्ट्रपतिको कार्यालय छोड्नुपूर्व शिर ठाडो गर्दै आफ्ना समर्थकबीच उभिनुभएको थियो । आफूले संसदको निर्णयलाई चुनौती दिन कानुनी बाटो नखोज्ने घोषणा गर्नुभयो । उहाँका समर्थकहरूले राजधानी लिमा र अन्य मुख्य शहरमा उहाँको पक्षमा नाराबाजी गरेका थिए ।
उहाँले भन्नुभयो,“ मैले सरकारबाट दुई वर्ष आठ महिनापछि छोड्दैछु ।” यसपछि आफू तत्काल आफ्नो निजी निवासमा जाने उहाँले बताउनुभयो ।
“गणतन्त्रको राष्ट्रपति पद रिक्त रहेको घोषणा गर्ने प्रस्तावलाई अनुमोदन गरिसकेको छ,” संसद सदस्य मानुयल मेरिनोले बताउनुभयो ।
“म स्पष्ट विवेकको साथ छोड्दै छु र मेरो कर्तव्य पूरा गरिसकें,” भिजकाराले भन्नुभयो । आफ्नो ३२ महिनाको कार्यकालमा आफूले निकै लोकप्रियता पाएको उहाँको दावी थियो ।
पेरूमा सन् २०२१ को अप्रिल मा आम निर्वाचनका साथै राष्ट्रपतीय निर्वाचन हुने बताइएको छ ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन