चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ ।
गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९२ लाख ५९ हजार ४४३ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३६ हजार ६४ जनको मृत्यु भएको छ । अमोरिकामा ९७ लाख ३३ हजार ३५९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार १५ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ३१ हजार १८१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २४ हजार ९५० जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ ।
यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ३२३ जनाको मृत्यु भएको छ भने ९ लाख ५५ हजार १३८ जना सङ्क्रमित भएका छन् ।
बेलायतमा ४८ हजार ५६५ जनाको मृत्यु भएको छ भने ११ लाख ४९ हजार ७९१ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता