डाकार । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो ।
सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको विश्वास गरिएको छ । तर सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगेलगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो ।
आइओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ ।
राष्ट्रसंघीय आप्रवास संगठन आइओएमले पछिल्ला केही सातादेखि फ्रान्सको केनरी द्वीप पुग्ने लालशामा धेरै डुंगा सेनेगलबाट प्रस्थान गरेको जनाएको छ ।
गत महिना १४ वटा डुंगा त्यसतर्फ प्रस्थान गरेका थिए, तर झण्डै एक तिहाई डुंगामा समस्या आएको थियो ।
युरोप प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि सेनेगलका तटीय इलाकाहरु निकै सक्रिय हुने गरेका छन् । तर पछिल्ला समयमा सेनेगलवासीहरु ट्युनिसिया वा लिबियाको स्थलमार्ग हुँदै युरोप प्रवेश गर्न थालेका छन् ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा