न्युयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गर्नुभएको छ । उहाँले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
जनाइएअनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यहाँका युद्धरत पक्षहरुलाई आवश्यक मात्रामा युद्ध विराम गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै महासचिव गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताउनुभएको हो ।
महासचिव गुटर्रेसले सो बैठकमा भन्नुभएको थियो– अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ र यहाँका युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न आग्रह गर्दछु ।
उहाँले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको धारणा पनि महासचिव एन्टोनियो गुटर्रेसले राख्नुभएको थियो । उहाँले यसअघि पनि केही महिना मात्र अघि यहाँका युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि तयार रहन भन्नुभएको थियो ।
आफूले यस विषयमा पहल जारी राखेको पनि उहाँले सो बैठकमा जानकारी गराउनुभएको थियो । आफूले आफ्ना दूतलाई यमनमा युद्धरत पक्षहरुसँग निरन्तर सम्पर्कमा रहेर शान्ति वार्ताको पक्षमा काम गर्न आफूले भनेको पनि उहाँले बताउनुभयो ।
यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । यहाँका हाउथी विद्रोही र यहाँको सरकारलाई समर्थन गर्ने फौजको यहाँ संघर्ष जारी छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल