न्युयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गर्नुभएको छ । उहाँले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
जनाइएअनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यहाँका युद्धरत पक्षहरुलाई आवश्यक मात्रामा युद्ध विराम गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै महासचिव गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताउनुभएको हो ।
महासचिव गुटर्रेसले सो बैठकमा भन्नुभएको थियो– अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ र यहाँका युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न आग्रह गर्दछु ।
उहाँले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको धारणा पनि महासचिव एन्टोनियो गुटर्रेसले राख्नुभएको थियो । उहाँले यसअघि पनि केही महिना मात्र अघि यहाँका युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि तयार रहन भन्नुभएको थियो ।
आफूले यस विषयमा पहल जारी राखेको पनि उहाँले सो बैठकमा जानकारी गराउनुभएको थियो । आफूले आफ्ना दूतलाई यमनमा युद्धरत पक्षहरुसँग निरन्तर सम्पर्कमा रहेर शान्ति वार्ताको पक्षमा काम गर्न आफूले भनेको पनि उहाँले बताउनुभयो ।
यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । यहाँका हाउथी विद्रोही र यहाँको सरकारलाई समर्थन गर्ने फौजको यहाँ संघर्ष जारी छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त