हैदरावाद । दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले बिहीबार जानकारी गराएका छन् ।
भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौ जना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले बताए ।
भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् बुधबार सार्वजनिक दृष्यहरूमा बाढीले कार तथा हल्का खालका सवारी साधन बाढीले बढेका नदीहरूमा बगिरहेको तथा सडक छेउमा तैरिएर बसेको देखाइएको छ ।
बाढीमा बगेका तथा डुबेका विश्वास गरिएका आठमध्ये दुई मृत भेटिएका र छ अझै वेपत्ता रहेको टाइम्स अफ इन्डियाले समाचारमा उल्लेख गरेको छ ।
बाढी तथा डुबानमा परी अलपत्र परेका व्यक्तिहरूको खोजीका लागि राष्ट्रिय विपद् व्यवस्थापन बल तथा प्रहरी र सेना विभिन्न स्थानहरूमा तैनाद गरिएको छ ।
बङ्गालको खाडीमा एक्कासी आएका तरङ्गहरूका कारण अनपेक्षित घटना हुन पुगेको मौसमविद्हरूले बताएका छन् ।
वर्षाका कारण सबैभन्दा बढी तेलङ्गना राज्य प्रभावित भएको छ भने मुसलधारे पानीको असर आन्ध्रा प्रदेश र कर्नाटकमा समेत परेको छ ।
भारतमा बाढी तथा डुबानमा परी वर्षेनी सयौँ मानिसले ज्यान गुमाउने गरेका छन् । विज्ञहरूले वर्षाका कारण हुने मृत्युलाई कमजोर संरचना र मौसमसम्बन्धी कार्यालयले समयमै सावधानी नगराउँदा अकालमा नागरिकको ज्यान जाने गरेको दावी गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित