बिश्केक । किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गर्नु भएको छ ।
राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजिनामा दिन लाग्नु भएको अनुमान गरिएको छ ।
राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभएको छ, “म सत्तामा रहिरहन चाहन्न । किर्गिजस्तानका जनताको भावना विपरीत आफूले काम नगर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन । त्यही कारण म राजिनामा दिँदैछु ।”
राष्ट्रपति जिन्बेकोभले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गर्नु भएको छ ।
किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ । सरकारले शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना र प्रहरीलाई राजधानी विश्केक लगायतका प्रमुख शहरमा परिचालन गरेको छ ।
प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । पूर्व सोभियत संघबाट अलग्गिएर स्वतन्त्रता प्राप्त गरेको किर्गिजस्तान मध्य एसियाकै निकै गरिब मुलुकमा गनिन्छ ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान