मस्को । किर्जिस्तानको संसदले मुलुकमा संकटकाल घोषणा गर्ने राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको छ ।
हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजधानी समेत देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएपछि राष्ट्रपति सूरोनबाईले संकटकाल घोषणा गर्नु भएको थियो ।
राष्ट्रपति सूरोनबाईले शुरुमा राजधानी विश्केकमा गत शुक्रबार संकटकालीन आदेश जारी गर्नु भएको थियो, तर कानुन बमोजिम संसदले तीन दिनभित्र राष्ट्रपतिको आदेशलाई अनुमोदन गर्न असफल भएको थियो । सोमबार, राष्ट्रपतिले दोस्रो पटक आदेश जारी गर्नु भएको थियो र मंगलबार त्यसलाई संसदले अनुमोदन गरेको हो ।
किर्गिजस्तानका राष्ट्रपतिको राजीनामा माग्दै राजधानी विश्केक समेत धेरै स्थानमा हिंसात्मक विरोध प्रदर्शन समेत भएका छन् । गत अक्टोबर ४ मा सम्पन्न संसदको चुनावमा सत्तारुढ दलले नै चुनाव जितेको घोषणा गरेलगत्तै विपक्षीहरुले चुनावमा धाँधली भएको भन्दै विरोध शुरु गरेका थिए ।
प्रदर्शनकारीहरुले सरकारी कार्यालयहरुमा समेत आक्रमण गरेका थिए । मतपरिणाम सार्वजनिक भएलगत्तै भड्किएको जुलुसले ११ वर्षे जेल जीवन बिताइरहेका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभलाई जेलमुक्त गरेका थिए । उहाँमाथि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा जेलमा राखिएको छ तर विपक्षीहरुले राष्ट्रपति जीन्बेकोभले राजनीतिक प्रतिशोध लिएको बताएका छन् ।
तर हिंसा भड्काएको आरोपमा शनिबार नै अटामबायेभलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।
पन्ध्र वर्षको अन्तरालमा प्रदर्शनकारीले किर्गिजस्तानको सरकार तेस्रो पटक ढालिसकेका छन् । पूर्व सोभियत युनियनबाट अलग भएको र करिब ६५ लाख जनसंख्या रहेको किर्गिजस्तान सबैभन्दा गरिब राष्ट्र हो ।
राजधानी विश्केक समेतका स्थानमा भड्किएको हिंसा नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्नुका साथै निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग