इस्लामावाद। सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ ।
चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो ।
“अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाई छ ।
टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिवन्ध लगाउनु परेका उनीहरुले बताएका छन् । पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ ।
मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरुको दाबी छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल