
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ३४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शुक्रबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।
कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १७ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । यद्यपी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ ।
कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ६ हजार ५५१ जनाको मृत्यु भईसकेको छ ।
कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख २९ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।
कोलम्बियामा ८ लाख ८६ हजार १७९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ३३१ जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ८४ हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ६८८ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ८ लाख ५६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार ७१० जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ३८ हजार ६१४ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९८ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ८ लाख ४ हजार ४८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ९६ जनाको मृत्यु भएको छ ।दक्षिण अफ्रिकामा ६ लाख ८६ हजार ८९१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ४०८ जनाको मृत्यु भएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबारसम्म १० लाख ६७ हजार ९४५ जना पुगेको छ । यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६८ लाख २४ हजार पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ७७ लाख ६ हजार भन्दा बढी हजार निको छन् भने करिब ८० लाख ४९ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने