स्टकहोम। अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उहाँलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोवेल पुरस्कार छनौट कमिटिले बिहीबार उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाचारमा जनाइको छ ।
नोवेल पुरस्कारको ११२ वर्षीय इतिहासमा नोवेल साहित्य पुरस्कार पाउने उहाँ १६औ महिला साहित्यकार हुनुहुन्छ । न्युयोर्कमा जन्मिनु भएकी ग्लुक अहिले ७७ बर्षको हुनुभएको छ । उहाँ याले विश्वविद्यालयको संकाय सदस्य पनि हुनुहुन्छ ।
उहाँलाई कवितामा मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु कवियत्रीका रुपमा चिनिन्छ ।उहाँले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा नेस्नल बुक अवार्ड पनि पाउनु भएको थियो ।
यस बर्ष नोवेल पुरस्कार घोषणा गर्नेक्रममा चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम यसअघि नै घोषणा भइसकेको छ ।साहित्य तर्फको नोवेल पुरस्कार गत बर्ष पोल्याण्डका लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटककार पिटर हान्क दुवैलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने