न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ ।
पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।
कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १६ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । यद्यपि राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ ।
कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६८ लाख ३५ हजार सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ५ हजार ५५४ जनाको मृत्यु भइसकेको छ ।
कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ६० हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ५६ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।
कोलम्बियामा ८ लाख ७७ हजार ६८३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार १८० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ७२ हजार २७६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ५६२ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ८ लाख ४० व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार २२६ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ३५ हजार ६६२ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ७ लाख ३९ हजार १८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८२ हजार ७२६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ८५ हजार १५५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार २४८ जनाको मृत्यु भएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म १० लाख ६१ हजार ७७९ जना पुगेको छ । यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६४ लाख ७० हजार पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ७४ लाख ५३ हजार भन्दा बढी हजार निको छन् भने करिब ७९ लाख ५४ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६७ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ