कोलम्बो । कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि श्रीलङ्कामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ ।
श्रीलङ्कामा पछिल्लो एकै दिनमा ८३० जना सङ्क्रमित थपिएका छन् । श्रीलङ्कामा अहिले १५ सयभन्दा बढी मानिस घरमै क्वारेन्टिनमा बसेका छन् ।
श्रीलङ्कामा हालसम्म कोरोनाभाइरसबाट तीन हजार ७३३ जना सङ्क्रमित भएका छन् । ती मध्ये १३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल सङ्क्रमित मध्ये तीन हजार २६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
यस मुलुकमा कोरोनाभाइरस समुदायस्तरमा फैलिएको आइतबार दुई महिना पुगेको छ । सङ्क्रमित हुनेहरुमा उद्योग धन्दामा काम गर्नेहरु बढी छन् ।
क्वारेन्टिनमा बसेकाहरुलाई पनि कडाइका साथ क्वारेन्टिन सम्बन्धी नियम पालना गर्न सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । उलंघन गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले अर्को छुट्टै आदेश जारी गर्दै सार्वजनिक रुपमा भिडभाड नगर्न आग्रह गरेको छ । प्रदर्शनी, भोजभतेर, सभा सम्मेलन, भित्रि तथा वाहिरी समारोह, सांस्कृतिक कार्यक्रमलगायतका भिडभाड हुने गतिविधि गर्न प्रतिबन्ध लगाइएको हो ।
त्यसैगरी प्रहरीले राजधानी कोलम्बोमा कर्फ्यु लगाएको छ । सरकारले यसअघि विद्यालय, विश्वविद्यालय, सार्वजनिक यातायातलगायत संचालनमा रोक लगाउँदै आएको थियो ।
सरकारी अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि आम नागरिकले सहयोग नगरेमा अनियन्त्रित हुने चेतावनी दिएका छन् ।
प्रहरी र स्वास्थ्यकर्मीहरुले घर घरमै गएर पनि नियन्त्रण र परीक्षणको काम गरिरहेको जनाइएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल