बागलुङ । गलकोट समाज जापानको आर्थिक सहयोगमा गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्रको भवन निर्माण भएको छ । रु ७४ लाख ६० हजारको लागतमा केन्द्रको तीनतले भवन बनेको हो ।
भवन निर्माणका लागि समाजले रु ६७ लाख उपलब्ध गराएको थियो भने बाँकी अन्य स्रोतबाट जुटाइएको हो । निर्माण थालेको एक वर्षभित्रै भवन सम्पन्न भएको वडाध्यक्ष नारायणध्वज मल्लले बताउनुभयो । समाजले वडा नं। ५ सहित ४ र ६ का वडाध्यक्षलाई भवन निर्माणको जिम्मा सुम्पेको थियो ।
“फर्निचर, उपकरण र जनशक्ति व्यवस्थापनको काममा लागेका छौँ”, वडाध्यक्ष मल्लले भन्नुभयो, “यो भवनबाट यथाशक्य चाँडो उपचार सेवा शुरु हुन्छ ।” उपकरण र मानव साधनको प्रबन्धका लागि नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल र गलकोट नगरपालिकासँग समन्वय भइरहेको उहाँको भनाइ छ ।
नियमित बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्ने गरी पूर्वाधार तयारीको काम अघि बढाइएको नेत्रज्योति सङ्घ बागलुङका सदस्यसमेत रहनुभएका मल्लले बताउनुभयो । यसअघि विसं २०६७ देखि हरेक महिनाको १५ र १६ गते गलकोटमा आँखा उपचार सेवा प्रदान गरिँदै आएको थियो ।
नेत्र ज्योति सङ्घमार्फत गएका चिकित्सकले आँखाको जाँच तथा उपचार गर्थे । उक्त सेवा पनि कोभिड–१९ का कारण गत चैतदेखि अवरुद्ध छ । केन्द्रको भवन बनाउन समाजले दुई वर्षअघि जापानमा आर्थिक सहयोग अभियान चलाएको थियो । भवनका लागि थीरवम पुस्तकालयले दुई आना जग्गा निःशुल्क उपलब्ध गराएको थियो ।
भवनको भुइँ तलामा केन्द्र, दोस्रो तलामा थीरवम पुस्तकालय र तेस्रो तलामा सभाकक्षसहित समाजको सम्पर्क कार्यालय रहने जनाइएको छ । कोरानाले निम्त्याएको विषम परिस्थितिका कारण भवन उद्घाटन र हस्तान्तरणको कार्यक्रम पछि धेकेलिएको समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार दिलु खत्रीले बताउनुभयो ।
समाजले केही वर्षअघि गलकोटमै राखेको निःशुल्क स्वास्थ्य शिविरमा आँखाका बिरामी बढी पाइएपछि आँखा उपचार केन्द्र स्थापनाको सोच बनेको उहाँको भनाइ छ । अङ्गेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमको टिकट बेचेर आर्थिक सङ्कलन जुटाइएको समाजले जनाएको छ ।
गलकोटबाट रोजगारी र अध्ययनका सिलसिलामा जापान पुगेका अधिकांश व्यक्ति सहयोग अभियानमा जोडिएका थिए । गाउँमै उपचार केन्द्र खुल्ने भएपछि आँखाका बिरामीलाई सदरमुकाम आउनुपर्ने बाध्यता अब हट्ने भएको छ । जिल्लामा हाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एक मात्र आँखा उपचार केन्द्र सदरमुकाममा छ । समाजले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई केही वर्षअघि एम्बुलेन्सलगायत लाखौँ मूल्य पर्ने स्वास्थ्य उपकरणसमेत प्रदान गरेको थियो ।
सन् २००६ मा स्थापित समाज मानवीय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील छ । गत भदौ १७ गते ढोरपाटनको भूजीखोलामा आएको बाढीबाट प्रभावित परिवारलाई रु २७ लाखबढी राहत प्रदान गरेको समाजले हालै ताराखोला गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको छ । गलकोट समाज नेपाल, अष्ट्रेलिया, जापानसहित दर्जन बढी देशमा सक्रिय छ ।
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने