नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हजार ७७३ हजार पुगेको छ ।
भारतमा ५३ लाख ५२ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४२ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।
सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३७ हजार ५६ जनाको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १० हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ९९४ जनाको मृत्यु भएको छ ।
केरला राज्यमा ७२ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७७१ जनाको ज्यान गइसकेको छ । यहाँ १ लाख ३१ हजारभन्दा बढी व्यक्ति निको भएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ६७ लाख नमूना परीक्षण गरेको जनाएको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा