इलाम । विश्वभर रहेका इलामवासीलाई एकजुट बनाउन शनिबार भर्चुअल बैठक गरिने भएको छ ।
एकापसमा भाइचारा कायम गर्नेलगायतका उदेश्य राखेर बैठक गरिन लागिएको हो । जिल्ला समन्वय समितिको संयोजनमा भर्चुअल माध्यमबाट शनिबार साँझ साढे ५ः०० बजे हुने विश्व इलामे भेलाको तयारीलाई तीव्रता दिइएको छ ।
सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश नम्बर १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्था सक्रियरुपमा लागेका भेलाका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिनुभयो ।
कोभिड–१९ का कारण इलाम र इलामबाहिर रहेका इलामवासीमा भएका समस्यालाई सहयोग आदानप्रदान गर्ने तथा ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने उदेश्य राखेर भेलाको आयोजना गर्न लागिएको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।
भेलाका क्रममा विश्वभरका इलामवासी संघसंस्था तथा इलामेलवासीको तथ्यांक सङ्कलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ । भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र पूर्वमन्त्री केवी गुरुङलगायत प्रतिनिधि, इलामका सबै स्थानीय तहका प्रमुख, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति हुने लेकालीले जानकारी दिनुभयो ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल