नयाँ दिल्ली । भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गर्नुभएको छ । उहाँले बिहीबार भन्नुभएको छ– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।
यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गर्नुभएको र यस कार्यका लागि उहाँले निकै शुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिनुभएको छ ।
बिहीबार उहाँले अर्काे वर्षको शुरुआतदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिनुभएको हो ।
उहाँले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको शुरु तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने जानकारी दिनुभयो ।
उहाँले सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा विश्वका नागरिकले दिएको भए पनि तर त्यो सम्भव हुन नसकेको पनि उहाँले बताउनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने